संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

बिराटनगर । मोरङको लेटाङ नगरपालिका–८ जाँतेमा नियन्त्रीत लागुऔषधसहित एक जना पक्राउ परेका छन् । स्थानीय २८ बर्षीय मनोज कुमार मगरलाई ट्रामा–३१६ ट्याब्लेट र डिकोलिक–३८८ ट्याब्लेटसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

को.२ ह ६१७४ नम्बरको टेम्पोमा सवार मगरलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो । लागुऔषधसहित मगर र टेम्पो नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!