- संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा गएराती भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुँने व्यक्ति धनकुटाको साँगुरीगढी गाउँपालिका–७ का २९ बर्षीय जोशन राई रहेको खुलेको हो ।

Advertisement

बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको को.१ ख.६९५२ नम्बरको बस राती करीब ८ बजे आरती स्ट्रिप्स अगाडि डिभाइडरमा ठोक्किर दुर्घटना भएको थियो । दुर्घटनामा परी पाँच जना घाईते भएका थिए । उपचारका लागि बिराट मेडिकल कलेज लगिएका मध्ये घाईते राईको राती नै मृत्यु भएपनि उनको पहिचान खुल्न सकेको थिएन ।

दुर्घटनामा घाईते भएका भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ वर्षीय रामकुमार राई, २८ वर्षीया कल्पना राई र ३५ वर्षीया मुना राईको नोेबेल अस्पतालमा उपचार भईरहेको छ ।

घाईते अर्की एक महिलाको पहिचान खुल्न वाँकी छ । घाईते मध्ये पहिचान खुल्न नसकेकी महिला र रामकुमारको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाईते

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!