- संगालोखबर सम्वाददाता

विराटनगर । बिराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आज कुटपिट भएको छ । कार्यालयकै कर्मचारीले बिहान करिब ११ बजे प्रमुख सञ्जेलमाथि कार्यकक्षमै कुटपिट गरेका हुन् ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ । उनीहरु दुबै करारका कार्यरत कर्मचारी हुन् ।

प्रहरीका अनुसार कार्यलय प्रमुख सञ्जेलसँग छलफल गर्न भन्दै कार्यकक्षमा पसेका उनीहरुले चप्पल, पञ्चिङ मेसिन, पेपर वेटको डल्लो लगायत प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । कुटपिटको कारण खुल्न बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!