- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषकहरुलाई बंगुर र बोका प्रदान गरेको छ । नस्ल सुधारका लागि नगरक्षेत्रका पशुपालक कृषकहरुलाई नगरपालिकाले बीउ बंगुरका पाठापाठी र उन्नत जातको बोका वितरण गरेको हो ।

कृषकहरुलाई थप व्यावसायीक बनाउँन सघाउँने उद्धेश्यले हेमसायर जातको बंगुरको पाठापाठी र बोयर जातको बोका प्रदान गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए ।

नगर क्षेत्रका ५१ जना कृषकलाई ६ हजार प्रतिगोटा पर्ने बंगुरका एक÷एक वटा पाठापाठी निःशुल्क प्रदान गरिएको छ । त्यस्तै तनहुँबाट प्रतिगोटा ६६ हजार मुल्यमा ल्याईएका एक÷एक वटा उन्नत जातको बोका ५० प्रतिशत अनुदानमा १२ जना कृषकलाई प्रदान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!