- धनुका कटेल/संगालोखबर
सांकेतिक तस्वीर

भोजपुर । भोजपुरको आमचौक गाउँपालिका–३ हाँतातुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाईते भएका छन् ।

आईतवार साँझ सवा ७ बजे बोयाङबाट बालंखातर्फ जाँदै गरेको प्रदेश १ ०२–००३ त.५८८ नम्बरको ट्याक्टर आनियन्त्रीत भई सडकबाट करिब ३ सय मिटर तल खसेको हो ।

Advertisement

दुर्घटनामा घाईते भएका आमचोक गाउँपालिका–३ का २८ बर्षीय दिपक कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुर्घटनामा परी घाईते भएका तीन जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । २ जना घाईतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!