धनकुटा नगरमा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय, आवतजावतमा प्रतिवन्ध लगाइने

धनकुटा नगरमा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय, आवतजावतमा प्रतिवन्ध लगाइने

धनकुटा । धनकुटा नगरपालिकाका ६ वटा वडामा आज रातीदेखि लागु हुँने गरी एक साता निषेधित क्षेत्र घोषणा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी केशब प्रसाद बिमलीको अध्यक्षतामा हिजोसाँझ बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । आवतजावतमा प्रतिबन्ध लगाउँन धनकुटा नगरपालिकाको वडा नं.१, ३, ४, ५, ६ र ७ मा साउन २९ गते (आज) राती १२ बजेदेखि भदौं ४ गते राती १२ बज...
धनकुटा नगरपालिका, वडा र सेवा केन्द्रबाट अत्यावश्यक बाहेकका सेवा बन्द

धनकुटा नगरपालिका, वडा र सेवा केन्द्रबाट अत्यावश्यक बाहेकका सेवा बन्द

धनकुटा । धनकुटा नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा सेवा केन्द्रबाट सात दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको छ । धनकुटा नगरपालिका कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले भोलिदेखि आगामी बुधबारसम्म नगर कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय तथा सेवा केन्द्रहरुबाट अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितको कन्ट्राक्ट ट्रेसिङमा समुदायमा अत...
धनकुटाको गुठिटारमा पहिरोले पुर्यो घर, बालिका घाइते

धनकुटाको गुठिटारमा पहिरोले पुर्यो घर, बालिका घाइते

धनकुटा ।  धनकुटा नगरपालिका–९ गुठिटारमा आज बिहान पहिरोले एउटा घर पुरेको छ । बर्षाका कारण बिहान करिब ४ बजे घर माथिबाट खसेको पहिरोले गुठिटारका हेमकुमार राईको घर पुरेको हो । पहिरोले पुर्दा एक तले घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । माथ्लोपट्टीबाट पहिरोले थिच्दा घर लडेको छ । पहिरोका कारण करिब ४ लाख बराबरको क्षति भएको प्रह...
मोरङ, सुनसरी र झापामा थपिए ४७ कोरोना संक्रमित

मोरङ, सुनसरी र झापामा थपिए ४७ कोरोना संक्रमित

बिराटनगर । प्रदेश नं.१ का तीन जिल्लामा बुधबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङका २४, सुनसरीका १४ र झापाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मोरङको बिराटनगरका १२ पुरुष, रंगेलीका ६ पुरुष र ३ महिला र गुलुमका २ पुरुष र ववियाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहबीका ३ पुरुष र कोशीका २ पुरुषमा कोरोना संक्...
जन्तीको हत्यामा संलग्न दुई जना १३ बर्षपछि पक्राउ

जन्तीको हत्यामा संलग्न दुई जना १३ बर्षपछि पक्राउ

सुनसरी । सुनसरीको चाँदबेलामा बिबाहमा जन्ती आएका एक जनालाई छुरा प्रहार गरेर हत्या गर्ने दुई जनालाई सुनसरी प्रहरीले १३ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बक्लौरी–६ का ३२ बर्षीय तुलसी चौधरी र ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा छन् । प्रहरीका अनुसार उनीहरुले २०६४ बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएका एकम्बाका सुनेर कुमार ठाकुरमाथि छुरा प्रहार गरेका थिए । विवाहमण्डपमा स्वयंवरका बेला अगा...
झापाबाट १९ लाखको अबैध औषधी र कपडा बरामद

झापाबाट १९ लाखको अबैध औषधी र कपडा बरामद

झापा । झापाको मेचीनगरबाट गएराती १९ लाख बराबरको अबैध औषधी र कपडा बरामद भएको छ । मेचीनगर नगरपालिकाका बिभिन्न स्थानबाट अबैध सामान बरामद भएको प्रहरीले जनाएको छ । गएराती करिव १ बजे भारतबाट नेपालतर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याउँदै गरेको ओरीयन्स कम्पनीको औषधी र कुर्ता सुरुवाल जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद भएको औषधी तथा कपडा आवश्यक कारवाहीका लागि मेची ...
संखुवासभामा ढुङ्गा झरेर स्काभेटर किच्दा चालकको मृत्यु

संखुवासभामा ढुङ्गा झरेर स्काभेटर किच्दा चालकको मृत्यु

संखुवासभा । संखुवासभामा ढुङ्गा झरेर स्काभेटरलाई किच्दा चालकको मृत्यु भएको छ । चिचिला गाउँपालिका–२ गोगनेमा ढुङ्गाले स्काभेटर किच्दा मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का ३१ बर्षीय स्काभेटर चालक हर्क बहादुर तामाङको मृत्यु भएको हो । मंगलवार दिउँसो करिव दुई बजे रानीढुङ्गा कन्ट्रक्सन सेवा प्रा.लि.द्वारा संचालित बा.२ क. ५४०८ नम्बरको स्काईभेटरलाई निर्माणाधिन सडकमा सोलिङ गर्न ढुङ्गा फुटाउने क्रममा माथिब...
धनकुटाको पाख्रीबासका राई गाँजासहित पक्राउ

धनकुटाको पाख्रीबासका राई गाँजासहित पक्राउ

सुनसरी । धनकुटाको पाख्रीबास नगरपालिका–८ मुगाका सन्दिप राई धरानबाट गाँजासहित पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–२० बिष्णुपादुकाबाट २९ बर्षीय राईलाई प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ५ किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राईको कारोबारका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ...
धनकुटाका प्रदेश सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि, श्रीमान पनि संक्रमित

धनकुटाका प्रदेश सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि, श्रीमान पनि संक्रमित

धनकुटा । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम कुमारी श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सांसद श्रेष्ठसहित उनका श्रीमान नयनमा पनि कोरोना संक्रमण देखिएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनीहरुमा आज कोरोना संक्रमण पुष्टि भएको हो । इटहरी बस्दै आएकी सांसद श्रेष्ठ, उनका श्रीमान र सवारी चालकले गत शनिबार धरान–१५ मा स्वाब दिएका ...
बिराटनगरमा एकैदिन ५० जनासहित प्रदेश १ मा थपिए ९८ कोरोना संक्रमित

बिराटनगरमा एकैदिन ५० जनासहित प्रदेश १ मा थपिए ९८ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का ६ जिल्लामा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । बिगत २४ घण्टाको अवधिमा मोरङ, सुनसरी, झापा, ईलाम, ताप्लेजुङ र उदयपुरका ३४ महिला र ६४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङमा ६१ जना, सुनसरीमा १८ जना, उदयपुरमा १५ जना, झापामा २ जना तथा ईलाम र ताप्लेजुङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । जसअनुसर मोरङको बिराटनगरका २१ महिला...
दमकमा करेन्ट लागेर एक जनाको मृत्यु

दमकमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको दमकमा करेन्ट लागेर गएराती एक जनाको मृत्यु भएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा ईलामको साक्फारा घर भई दमक–१ मा डेरा गरेर बस्दै आएका २८ बर्षीय रोशन तामाङको मृत्यु भएको हो । राती करिब ९ बजे घर नजिकै खेतमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका तामाङलाई उपचारका लागि दमकस्थित एडभान्स अस्पताल लगिएको थियो । उपचारकै क...
धनकुटामा मलामी गएका युवालाई तमोरले बगायो

धनकुटामा मलामी गएका युवालाई तमोरले बगायो

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ हंसमोरङका महेन्द्र याखालाई आज तमोर नदीले बगाएको छ । हंसमोरङस्थित तमोर नदीमा छिमेकीको मलामी गएका बेला नुहाउँने क्रममा ३३ बर्षीय याखालाई नदीले बगाएको हो । चौबिसे गाउँपालिका–५ का वडाध्यक्ष पदमकुमार देवानकी ८२ वर्षीया आमाको गएराति निधन भएको थियो । उनको अन्त्येष्टिका लागि याखा पनि त्रिवेणीघाटमा मलामी गएका थिए । सोही क्रममा नदीमा नुहाउँन पस्दा दिउँसो करिब ३ बजे उ...
धनकुटामा बिद्युत अनियमित हुँदा उपभोक्ता आक्रोशित, प्राधिकरणलाई बुझाए ध्यानाकर्षण पत्र

धनकुटामा बिद्युत अनियमित हुँदा उपभोक्ता आक्रोशित, प्राधिकरणलाई बुझाए ध्यानाकर्षण पत्र

धनकुटा । धनकुटामा बिद्युत अनियमित भएपछि आक्रोशित उपभोक्ताहरुले आज बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिद्युत प्राधिकरणको लापरबाहीका कारण बत्ती नियमित नआएको भन्दै आक्रोशित बनेका उपभोक्ताहरुले प्राधिकरणको कार्यालयमा पुगेर बत्ती नियमित गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । नागरिक समाज धनकुटाको अगुवाईमा धनकुटा बसपार्कमा भेला भएका उपभोक्ताहरुले जिरोपईन्टस्थित बिद्युत प्राध...
प्रदेश १ का पाँच जिल्लामा थपिए ४१ कोरोना संक्रमित

प्रदेश १ का पाँच जिल्लामा थपिए ४१ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का पाँच जिल्लामा सोमबार ४१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, झापा, धनकुटा र खोटाङका ६ महिला र ३५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मोरङका १६ जना, सुनसरीका १४ जना, झापाका ९ जना तथा धनकुटाका र खोटाङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बिराटनगरका १ महिला र ८ पुरुष, धनपालथानका १ महिला र २ पुरुष, सुन्दरहरैंचाक...
धनकुटाका थप एक जनामा कोरोना संक्रमण

धनकुटाका थप एक जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप एक जना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका–२ का ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए । केही दिन अघि कुवेतबाट आएका उनी औद्योगिक ग्राममा निर्माण गरिएको क्वारेनटाईनमा ...
माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

मोरङ । मोरङको पथरी शनिश्चरेमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय डाँस खोलामा माछा मार्ने क्रममा डुब्दा पथरीशनिश्चरे–१० का ६३ बर्षीय डम्बरसिंह राईको मृत्यु भएको हो । आईतवार साँझ सवा ६ बजे माछा मार्ने क्रममा खोलामा डुब्दा राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।
धनकुटामा आदिवासी दिवस : अधिकारका लागि एकताबद्ध हुनुपर्नेमा जोड

धनकुटामा आदिवासी दिवस : अधिकारका लागि एकताबद्ध हुनुपर्नेमा जोड

धनकुटा । धनकुटामा आईतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अधिकार प्राप्तीका लागि आदिवासी जनजातिहरु संगठित र एकतावद्ध हुनुपर्ने आवश्यकता औल्याएका छन् । २६ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ धनकुटाले आयोजना गरेको ‘आदिवासी जनजातिहरुको पहिचान, प्रतिनिधित्व र पहुँचको सवाल’ विषयक अन्तरक्रियाका वक्ताहरुले यस्तो विचार व्यक्त गरेका हुन् । कार्यक्रममा पूर्व सांसद एवं जनजाति मह...
प्रदेश १ मा थपिए ४० कोरोना संक्रमित

प्रदेश १ मा थपिए ४० कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का तीन जिल्लामा आईतबार ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी र झापामा १३ महिला र २७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये मोरङका २९ जना, सुनसरीका ६ जना र झापाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मोरङ जिल्लामा थपिएका २९ जना नै संक्रमित बिराटनगरका हुन् । बिराटनगरका १० महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ...
धनकुटा बहुमुखी क्याम्पसमा प्राध्यापकले नै गरे तालाबन्दी

धनकुटा बहुमुखी क्याम्पसमा प्राध्यापकले नै गरे तालाबन्दी

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले आज क्याम्पसमा तालबन्दी गरेका छन् । आंशिक प्राध्यापकहरुलाई करार गर्न माग गर्दै उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् । समान कामको समान ज्यालासहित आंशिक प्राध्यापकहरुको दिगो व्यवस्थापन (करार) र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, आंशिक प्राध्यापकसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र विश्वविद्यालयलाई प्राज्ञिक...
तमोर नदीले बगाउँदा १५ बर्षीय बालक बेपत्ता

तमोर नदीले बगाउँदा १५ बर्षीय बालक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ का १५ बर्षीय शुक्रबिर लिम्बुलाई तमोर नदिले बगाएको हो । शनिवार दिउँसो १२ बजे साथीहरुसँगै तमोर नदिमा पौडी खेल्न गएका उनलाई नदीले बगाएको हो । घटनाको जानकारी पाएपछि प्रहरी चौकी शिवाबाट प्रहरी टोली घटनास्थल गएको छ । प्रहरी र स्थानीयबासीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी...
हिले–पाख्रीबासको हिलाम्मे सडकमा एम्बुलेन्स फस्दा अस्पताल पुर्याउँन नपाई गयो बिरामीको ज्यान

हिले–पाख्रीबासको हिलाम्मे सडकमा एम्बुलेन्स फस्दा अस्पताल पुर्याउँन नपाई गयो बिरामीको ज्यान

धनकुटा । धनकुटाको हिले–पाख्रीवासको हिलाम्मे सडकमा एम्बुलेन्स फसेर समयमा अस्पताल पुर्याउँन नपाउँदा शनिवार एक बिरामीको बाटोमै मृत्यु भएको छ । हिलाम्मे सडकमा करिब दुई घण्टा एम्बुलेन्स फसेर समयमा अस्पताल पुर्याउँन नपाउँदा भोजपुरको अरुण गाउँपालिका–४ चरम्बीका ५६ बर्षीय खड्गबहादुर सार्कीको मृत्यु भएको हो । मृतकका छोरा बालकुमारका अनुसार उनी सुगर र प्रेसरको बिरामी थिए । उनलाई को.२ च. ३२२९ नम्बरको एम्बुल...
धनकुटामा पहिरोले बगायो घर

धनकुटामा पहिरोले बगायो घर

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा आज दिउँसो पहिरोले एउटा घर बगाएको छ । दिउँसो करिब १ बजे बर्षासँग आएको पहिरोले सहिदभूमी गाउँपालिका–६ आँखिसल्लाका मानबहादुर रानामगरको घर बगाएको हो । पहिरोले बगाउँदा घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घरमा मगरका श्रीमान–श्रीमति बस्दै आएका थिए । दिउँसोको समयमा पहिरोले घर बगाएकाले मानबीय क्षति भने भएको छैन । पहिरोका कारण घरमा ...
धनकुटाको महालक्ष्मी नगरका मेयर नेपालको गुनासो: जनहितमा काम गर्दा बदनाम गर्न खोजियो

धनकुटाको महालक्ष्मी नगरका मेयर नेपालको गुनासो: जनहितमा काम गर्दा बदनाम गर्न खोजियो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जनताको पक्षमा काम गर्दा बदनियतपूर्ण तरिकाले बदनाम गर्न खोजिएको गुनासो गरेका छन् । धनकुटा र तेह्रथुमको सीमा क्षेत्र चित्रे बजारमा महालक्ष्मी नगरबासीलाई प्रहरीले अनावश्यक दुःख दिएको भन्दै महालक्ष्मी नगरपालिकाले धनकुटा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर नेपालले यस्तो गुनासो गरेका हुन् । गत साउन १५ गते चित्रे बजारमा प्रहरी च...
मोरङ र सुनसरीका ५८ जनामा कोरोना संक्रमण पुष्टि

मोरङ र सुनसरीका ५८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ का दुई जिल्लाका ५८ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ४८ र सुनसरीमा १० जना कोरोना संक्रमित थपिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । जसमध्ये विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १÷१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला र इनरुवाका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदे...
बिराटनगरका तीन पत्रकारलाई कोरोना संक्रमण

बिराटनगरका तीन पत्रकारलाई कोरोना संक्रमण

विराटनगर । विराटनगरका तीन पत्रकारमा कोरोना संक्रमण देखिएको छ । बिराटनगरबाट प्रकाशित हुँने दैनिक पत्रिकामा कार्यरत दुई र साप्ताहिक पत्रिकामा कार्यरत एक पत्रकारसहित बिराटनगरका ५५ जनामा सुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका पत्रकार संजिव खनाल र कमल रिमालले आफु संक्रमित भएको सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत जानकारी गराउँदै केही दिन यता आफ्नो सम्पर्कमा पुगेकाहरुलाई पीसीआर पर...
मोरङमा एकैदिन ६४ जनामा कोरोना संक्रमण पुष्टि

मोरङमा एकैदिन ६४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । मोरङमा आज एकैदिन ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा ८ महिला र २४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बुढीगंगा गाउँपालिकामा २ पुरुष, रंगेली नगरपालिकामा २३ पुरुष र ६ महिलामा संक्रमण देखिएको छ । त्यस्तै कटहरी गाउँपालिकामा एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यता झापाका २ जना र सुनसरीका एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ ।
ईलामको माई खोलाले बगाउँदा बालक बेपत्ता

ईलामको माई खोलाले बगाउँदा बालक बेपत्ता

ईलाम । ईलामको माई खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । माई खोलाले बगाउँदा माई नगरपालिका–२ का १४ बर्षीय रुबिन मगर बेपत्ता भएका हुन् । गाई बस्तु चराउन गएका मगरलाई बिहिवार बेलुका माई खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । प्रहरी र स्थानीयबासीले उनको खोजी गरिरहेका छन् ।
झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । झापाको कमल गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–५ टुक्रेमा बिहान करिब ४ बजे जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ५८ बर्षीय रोहित रेग्मीको मृत्यु भएको हो । जंगलबाट दुई वटा हात्ती बस्तीमा पसेका थिए । टाटीबेराले बनाएको रेग्मीको घरसमेत हात्तीले भत्काएको छ । भाग्ने क्रममा हात्तीले किच्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

सुनसरी । धरानमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गुरुङ घाईते भएका थिए । उनलाई उपचारका लागि बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सम्मेवामा प्रहरी पोष्ट

सम्मेवामा प्रहरी पोष्ट

धनकुटा । चौबिसे गाउँपालिका–८ सम्मेवामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष खजिन्द्र राई र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले प्रहरी पोष्टको संयुक्त उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले सम्मेवावासीको करिब ८ वर्ष अघिदेखिको माग र धनकुटा–मोरङ सिमावर्ती क्षेत्रमा बढेको सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सम्मेवामा प्रहरी पोष्ट स्थापना गरिएको बताए ...
ओखलढुङ्गामा खोलाले बगाउँदा एक जना बेपत्ता

ओखलढुङ्गामा खोलाले बगाउँदा एक जना बेपत्ता

ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । स्थानीय लिखु खोलाले बगाउँदा चम्पादेवी–१० का ३६ बर्षीय रोहित ढुंगेल बेपत्ता भएका हन् । गाई किनेर लिखु खोला किनाराको बाटो हुँदै रोहित र उनका बुबा घर फर्किदै थिए । सोही क्रममा चिप्लिएर खोलामा खस्दा रोहित बेपत्ता भएका हुन् । उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
error: Content is protected !!