धनकुटाको चुङमाङ्गमा पहिरोले भत्कियो घर, परिवार बिस्थापित
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–९ चुङमाङ्गस्थित लिसिम्बुमा पहिरोका कारण एउटा घर भत्किएको छ । अबिरल बर्षाका कारण मंगलबार राती घर मुनिबाट पहिरो जाँदा बीरबहादुर पुर्वछाने मगरको घर भत्किएको हो ।
मगरको घरसँगै रहेको भान्साकोठा पहिरोले बगाएको छ । घर पनि बस्न नहुँने अवस्थामा पुग्दा ६ जनाको परिवार बिस्थापित बनेको पाख्रीवास–९ का वडासदस्य सम्झना आलेले जानकारी दिईन् ।
उनका अनुसार पहिरोका कारण घर बस्...






























