- संगालोखबर सम्बाददाता

धरान । मोरङका एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । कोरोना संक्रमित ४५ बर्षीय पुरुषको धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

उपचारका लागि ल्याईएका उनको साँझ करिब ५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । डा.सापकोटाका अनुसार सिकिस्त अवस्थामा रहेका उनलाई बिराटनगरस्थित कोभिड–१९ अस्पतालबाट दिउँसो करिब १ बजे प्रतिष्ठान ल्याईएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उनको मृत्यु भएको डा.सापकोटाले बताए ।

यसैबीच ती कोरोना संक्रमितलाई प्रतिष्ठानसँग समन्वयनै नगरी चालकको मात्र भरमा पठाईएको भन्दै प्रतिष्ठानले आपत्ती जनाएको छ । आगामी दिनमा समन्वय गरेर मात्र बिरामी पठाउँनका लागि प्रतिष्ठानले सूचना जारी गरेर अस्पतालहरुलाई अपिल पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!