- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसले ६६ औं बार्षिकोत्सवको अवसर पारेर दुई जना कर्मचारीलाई सम्मान गरेको छ । उत्कृष्ट कार्य सम्पादन गरेबापत क्याम्पसमा कार्यरत पेमनुरु शेर्पा र बीरबहादुर तामाङलाई सम्मान गरिएको हो ।

Advertisement

क्याम्पस प्रमुख होमबहादुर बस्नेतले खादा र मायाको चिनो प्रदान गरी उनीहरुलाई सम्मानित गरेका हुन् । शेर्पा र तामाङलाई बर्ष २०७६ को उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको क्याम्पस प्रमुख बस्नेतले जानकारी दिए ।

बार्षिकोत्सवमा अनलाईन अन्तरक्रिया

यसैबीच वार्षिकोत्सवको अवसर पारेर ‘धनकुटा बहुमुखी क्याम्पसको गुणस्तर सुधार : चुनौती र सम्भावना’ विषयमा अनलाईन अन्तरक्रिया कार्यक्रम पनि गरिएको छ ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदी, पूर्व क्याम्पस प्रमुख नारायण जोशी, प्रदेश सांसद निरन राई, धनकुटा क्याम्पसका पहिलो ब्याचका विद्यार्थी सरला कायस्त लगायतले अन्तरक्रियामा अनलाईनमार्फत सहभागिता जनाई बिचार व्यक्त गरेका थिए । अनलाईन अन्तरक्रियामा बोल्ने वक्ताहरुले शैक्षिक धरोहरको रुपमा रहेको धनकुटा क्याम्पसको पठनपाठन गुणस्तरीय हुनुपर्नेमा जोड दिए । कार्यक्रममा क्याम्पस प्रमुख बस्नेतले क्याम्पसको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र भावि रणनीतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

धनकुटा क्याम्पसमा शिक्षाशास्त्र, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र व्यवस्थापन संकायको स्नातक र स्नातकोत्तर तहमा एक हजार पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । वि.सं. २०१२ सालमा स्थापना भएको क्याम्पसमा हाल ६१ जना प्राध्यापक र ४२ जना कर्मचारी कार्यरत छन् । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रकृयामा अघि बढी रहेको धनकुटा क्याम्पस उच्च शिक्षाका लागि प्रदेश नं.१ कै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!