- संगालोखबर सम्वाददाता

धरान । धरानमा खसी चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । खसी चोरेर लैजादै गरेको अवस्थामा धरान–२० बाट चार जना युवालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा मोरङको बेलबारी–११ का १९ बर्षीय रोशन पराजुली, सुन्दरहरैंचा–७ का २९ बर्षीय डम्बरबहादुर मगर, ईलाम माईजोगमाई–९ का २० बर्षीय बिशाल गुरुङ र ताप्लेजुङ वाखो खोपातालका ३२ बर्षीय बिबेक तामाङ छन् ।

शनिवार दिउसो करिब ३ बजे धरान–१३ का आशबहादुर गुरुङको २ वटा खसी चरनबाटै चोरी भएको थियो । १७/१७ किलोका दुई वटा खसी चोरेर टेम्पोमा लैजादै गरेको अवस्थामा धरान–२० स्थित बीपी पार्क नजिक चेकपोष्ट राखेर उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेकाहरुबिरुद्ध प्रहरीले जिल्ला अदालत सुनसरीमा चोरी मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!