- संगालोखबर सम्बाददाता
कोशी अस्पतालबाट मृतकको शव निकालिदै । तस्वीर: प्रेम देवान

विराटनगर । बिराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको शवलाई कानेपोखरीको जंगलमा लगेर अन्त्येष्टि गरिएको छ । उपचारका क्रममा हिजो मृत्यु भएका बिराटनगर–५ का ७७ बर्षीय बृद्धको शवलाई नेपाली सेनाले आज अन्त्येष्टि गरेको हो ।

स्वास्प्रश्वासमा समस्या आएपछि उपचारका लागि कोशी अस्पताल पुर्याईएका उनको आईसोलेशनमा उपचारका क्रममा मृत्यु भएको थियो । उपचारका क्रममा स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । मृत्युपश्चात उनमा पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

Advertisement

मृतकको शवलाई परिवारले अन्त्येष्टि गर्दा कोरोना संक्रमण थप फैलनसक्ने भएकाले नेपाली सेनाले उच्च स्वास्थ्य सावधानी अपनाएर कोरोना संक्रमित मृतकको शवलाई अन्त्येष्टि गर्ने गरेको छ । सोही अनरुप मृतक बृद्धको अवलाई पनि सेनाले अन्त्येष्टि गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!