- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा बजार नजिक ट्रक दुर्घटना भएको छ । धनकुटा नगरपालिका–६ टाईगरहिल नजिक ट्रक पल्टिएको हो । धरानबाट खाद्यान्न लिएर हिले जाँदै गरेको को.१ ख.४२२८ नम्बरको ट्रक गएराती करिब २ बजे सडकमा पल्टिएको हो ।

ट्रक पल्टिँदा खाद्यान्नमा क्षति पुगेपनि मानवीय क्षति भने भएको छैन । ट्रक पल्टिँदा टाईगरहिलबाट आत्मारा र खाल्डे जाने सडक अवरुद्ध भएको छ । कोशी राजमार्गमा गुड्दै गरेको ट्रक पल्टिएर सहायक मार्गमा खसेको हो ।

सडक ढाक्नेगरी ट्रक पल्टिएपछि गएरातीदेखि नै सो सडक खण्ड अवरुद्ध भएको हो । ट्रक हटाएर सडक खुलाउँने प्रयास भईरहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!