- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटीमा प्रहरी चौकी उद्घाटन गरिएको छ । जोरपाटी वजारमा स्थापना गरिएको प्रहरी चौकीको गाउँपालिका अध्यक्ष शेरवहादुर लिम्वु र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयको ०७६ असोज १७ गतेको परिपत्र, गृह मन्त्रालय र मन्त्री परिषद्को निर्णयले छथरजोरपाटीमा प्रहरी चौकीको नयाँ दरवन्दी स्वीकृत गरेको थियो । सोही वमोजिम छथरजोरपाटी गाउँपालिका–२ स्थित जोरपाटी वजारमा प्रहरी चौकी स्थापना गरिएको हो ।

छथर जोरपाटीबासीले लामो समयदेखि प्रहरी चौकी माग गर्दै आएका थिए । प्रहरी चौकी निर्माण गरिएसँगै लामो समयपछि उनीहरुको माग पुरा भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!