उदयपुर । उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक दर्जन भन्दा बढी व्यक्ति घाईते भएका छन् । झडपमा परी १० जना प्रदर्शनकारी र केही प्रहरी घाइते भएका हुन् ।

Advertisement

नगरपालिकामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राप्रपाका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । भ्रष्टचारको छानविन गर्न माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ ।

उपमेयर राजकुमारी चौधरीले उठाएको भ्रष्टाचारको विषयमाथि छानबिन हुनुपर्ने प्रदर्शनकारीको माग छ । यसअघि उपमेयर चौधरीले नगरपालिकामा भ्रष्टाचार भएको र त्यसबारे आफूले पटक–पटक कुरा उठाउँदा पनि सम्बोधन नभएको भन्दै राजीनामा दिने घोषणासमेत गरेकी थिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!