- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा गएराती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाईते भएका छन् ।

बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको को.१ ख.६९५२ नम्बरको बस राती करीब ८ बजे आरती स्ट्रिप्स अगाडि राखिएको डिभाइडरमा ठोक्किर दुर्घटना भएको हो । दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । उनको सनाखत हुँन वाँकी छ ।

दुर्घटनामा घाईते भएका भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ वर्षीय रामकुमार राई, २८ वर्षीया कल्पना राई, ३५ वर्षीया मुना राई र करिव ४० बर्षीया एक महिलाको नोेबेल अस्पतालमा उपचार भईरहेको छ ।

Update News

बस दुर्घटनामा धनकुटाका राईको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!