- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकस्थित मादेनमा खोलाले बगाउँदा एक बृद्धाको मृत्यु भएको छ । आईतबार दिउँसो करिब १२ बजे मादेनस्थित रघुवा खोलाले बगाउँदा स्थानीय ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको मृत्यु भएको हो ।

गोठालो जाने क्रममा खोला तर्दा बगाएर याखाको मृत्यु भएको स्थानीय अर्जुन याखाले संगालोखबरलाई जानकारी दिए । ‘गाईबस्तु लिएर गोठालो जानु भएको थियो । खोला तर्ने क्रममा काठे पुलबाट चिल्लिएर खोलामा झर्नु भएछ ।’ उनले भने–‘खोलाले बगाएर झण्डै २ सय मिटर तल पुर्याएर ढुंगामा अड्किएको अवस्थामा लास निकाल्यौ ।’

खोलाले बगाएर बृद्धाको मृत्यु भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी चौकी डाडाबजार र ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि सोमबार बिहान धनकुटा जिल्ला अस्पताल ल्याईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!