- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको अर्जुनधारा नगरपालिकामा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । स्थानीय टाङटिङ खोलाले बगाउँदा अर्जुनधारा–४ का ५६ बर्षीय बिदुर पराजुलीको मृत्यु भएको हो ।

दिउँसो साँढे १२ बजे तर्ने क्रममा पराजुलीलाई खोलाले बगाएको हो । खोलाले बगाएर पराजुलीको मृत्यु भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!