रुपन्देहीलाई उदयपुर गोल्डकपको उपाधी
उदयपुर । रुपन्देही ११ ले चौथो रमपम उदयपुर गोल्डकपको उपाधि हात पारेको छ । गाईघाट स्थित थरुहट रंगशालामा बिहिबार भएको फाईनल खेलमा मोरङ ११ लाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले उपाधी चुमेको हो ।
निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राईबेकरबाट टुंग्याईएको हो । ट्राईब्रेकरमा रुपन्देहीका लागि जर्सी नम्बर २५ का दिलिप क्षेत्री, ४ का कालु थापा, १९ का सौरभ मगर र ८ का...
