काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा साविक विजेता रियल मड्रिड बिजयी भएको छ ।

Advertisement

बुधबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउदै रियल मड्रिडले इटालिनय क्लब नापोलीलाई ३-१ ले हराएको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा नापोलीले आठौं मिनेटमा नै इन्सिगेनको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगउन सकेन । १८ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा रियलले दुई गोल थप्यो ।४९ औं मिनेटमा टोनी क्रुजले गोल गर्दै २-० को अग्रता दिलाए भने ५ मिनेटपछि नै कासिमेरोले गोल गरे । खेलमा थप गोल हुन सकेन र मड्रिड विजयी भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!