काठमाडौ। च्याम्पियन्स ट्रफि क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको छ । बंगलादेशले दिएको ३ सय ६ रनको लक्ष्य इंग्ल्याण्डले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

Advertisement

इंग्ल्याण्डलाई जिताउन जोय रुटले १ सय २९ बलमा नटआउट १ सय ३३ रन बनाए । एलेक्स हेल्सले ८६ बलमा ९५ रन, इयान मोर्गनले ६१ बलमा नटआउट ७५ रनको योगदान गरे । बंगलादेशका मसरफी मोरटाजा र सब्बिर रहमानले एक एक विकेट लिए ।

ओभलमा पहिले ब्याटिङ गरेको बंगलादेशले तमिम इकवालको १ सय ४२ बलमा बनाएको १ सय २८ र मुस्फिकर रहिमको ७२ बलमा बनाएको ७९ रनको मद्दतमा ३ सय ५ रन बनाएको थियो । सौम्य सरकारले ३४ बलमा २८ रन, इमरुल कायसलृ २० बलमा १९ रन, सब्बिर रहमानले १५ बलमा २४ रन बनाएका थिए । इंग्ल्याण्डका लिम प्लनकेटले चार साथै ज्याक बेल र बेन स्टोक्सले एक एक विकेट लिए ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!