३६ ओभरमा नेपालको ११२ रन, पानीले खेल रोकियो
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप क्रिकेट अन्तर्गत नेपालले केन्याविरुद्ध १ सय १२ रन बनाउँदा खेल रोकिएको छ । खेल ३६ ओभरमा पुग्दा वर्षाका कारण रोकिएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको छ ।
वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे । केन्याका बलरहरुले ओसिलो मैदानमा घरेलु टोलीलाई खुलेर ख...
