- ध्रुव ढकाल/संगालोखबर

सुनसरी । ११ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रि सिताराम मेहताले प्रतियोगिता उद्घाटन गरेका छन ।

Advertisement

प्रतियोगिता उद्घाटन गर्दै राज्यमन्त्रि मेहताले इटहरीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेकाले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरेका छन । उनले जिवनमा खेल अपरीहार्य भएकाले राज्यले पनि खेललाई प्राथमिकतामा राख्न थालिसकेको बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लवलाई पराजित गर्दै एपीएफ पूर्वाञ्चलले बिजयी सुरुवात गरेको छ । घरेलु मैदानमै राम्रो प्रदर्शन गर्न नसक्दा आयोजक जागृति १–० गोल अन्तरले पराजित भएको हो ।

एपिएफका जर्सी नम्वर १० का हरी कार्कीले खेलको २६ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट गोल नहुँदा कार्कीले गरेको गोलनै जितका लागि निर्णायक बन्यो ।

निकै राम्रो टिमवर्क प्रदर्शन गरेको एपिएफले आयोजकलाई दवावमा पारेको थियो । गोलका लागि पटक–पटकको प्रयास असफल हुँदा आयोजक जागृति क्लव उद्घाटन खेलमै पराजित भएको हो ।

खेलको म्यान अफ दी म्याच एपिएफका प्रदिप चौधरी घोषित भए । आईतवारको खेल झापा ११ र मोरङ ११ वीच हुने खेलकुद संयोजक अनुरोध थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!