धरान । नेपाल पुलिस क्लवले १९ औं अन्र्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ ।  एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा संकटा क्लवलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै पुलिस क्लवले बुढासुब्बा गोल्डकपको उपाधि उचालेको हो ।

निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी भएपछी खेल ट्राईबेकरमा गएको थियो । टाइबेकरमा पनि ३–३ गोलको बराबरी भएपछी पुलिसले सडन डेथमा संकटालाई ३–२ गोल अन्र्तरले पराजित गर्दै नजित आफ्नो पक्षमा पारेको थियो ।

Advertisement

खेलको सुरुवातमा पुलिस विरुद्ध आक्रमक बनेको संकटाले खेलको २८औं मिनेटमा राज पौडेलले सुरुवाती गाल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा पुलिसलाई दवावमा राखेको संकटाले दोस्रो हाफमा खेलको लय गुमाउदा पुलिसले खेलमा फर्किएर खेल आफ्नो पक्षमा पार्यो ।

खेलको ७९औं मिनेटमा जुमानु राईले पेनाल्टी गोल गर्दै खेललाई १–१ गालेको बराबरीमा पुर्याए । संकटाका अनिल गुरुङले पुलिसका बुद्ध लामालाई डिबक्स एरियामा फल गरी लडाएपछी पुलिसले पेनाल्टी हान्ने अबसर पाएको थियो । निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछी खेल ट्राईबेकरमा गएको थियो । ट्राइबेकरमा दुबै टिमबाट ३–३ गोल भएपछी सडन डेथमा पुलिसले ३–२ गाल अन्तरले संकटालाई पाखा लगाउदै उपाधि हात पारेको हो ।

पुलिसका तर्फबाट तेज तामाङ, जुमानु राई, अभिषेक रिजाल, भोला सिलुवाल, रोशन खड्का र सुरज घिमिरेले पेनाल्टी मार्फत गोल गरेका थिए । पुलिसका अजित भण्डारी पेनाल्टी मार्फत गोल गर्न असफल भए भने बुद्ध लामा, विक्रम धिमाल, तिर्थबहादुर राना, अर्बिज चाहारको पेनाल्टी बल संकटाका गोलरक्षक विनय श्रेष्ठले नियन्त्रणमा लिए ।

संकटाका तर्फबाट अनिल गुरुङ, सुशिल केसी, अमित तामाङ, कुलदिप कार्की, पेट्रिक जेनले मात्र पेनाल्टी मार्फत गोल गरे ।  संकटाका मार्टिन अजय, राज पौडेल, भुषन सुब्बा, लाओल ओलेकन, दिपेश श्रेष्ठ र विनय श्रेष्ठको पेनाल्टी प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले नियन्त्रणमा लिएका थिए ।

सिजनको पहिलो उपाधि जितेको पुलिसले नगद ५ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको संकटाले नगद २ लाख ५० हजारमा तित्त बुझायो । प्रतियोगिताभरको उत्कृष्ट खेलाडि संकटा क्लवकका गोलरक्षक विनय श्रेष्ठ घोषित भए । उनले एक थान एक सय २५ सिसिको यामाहा मोटरसाईकल प्राप्त गरेका छन् ।

फाइनल प्रतियोगिताको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षकको उपाधि पुलिसका गोलरक्षक रोशन खड्का घोषित भए । उनले नगद २० हजार पुरस्कार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट स्ट्राईकर पुलिसकका जुमानु राई, उत्कृष्ट डिफेन्स पुलिसकै विक्रम धिमाल, र उत्कृष्ट कोच पुलिसका कुमार कट्वाल घोषित भए ।

प्रतियोगिताको उदयमान खेलाडि र उत्कृष्ट मिडफिल्डर धरान फुटवल क्लवका क्रमशः रजिन सुब्बा र हेमन्त गुरुङ घोषित भए ।  विजयी खेलाडिले जनहि १५ हजारका दरले नगद प्राप्त गरेका छन् । सर्बाधिक गोलकर्ता पुलिसका जुमानु राई र संकटाका अनिल गुरुङ घोषित भए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!