- संगालोखबर सम्वाददाता

भोजपुर । खैराङ्ग फुटवल क्लवले भोजपुरको दक्षिणी घोरेटारमा सञ्चालित भिमदल चौथो स्मृति हतुवाघडी गोल्डकपको उपाधी हात पारको छ । सोमवार भएको फाइनलमा कोट फुटवल क्लवलाई ३–१ गोल अन्तरले हराउँदै खैराङ्ग फुटवल क्वलले उपाधी जितेको हो ।

जितसँगै उसले ७० हजार २२ रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उप–विजेता कोट फुटबल क्लवले ३५ हजार ३० रुपैया नगदसहित मेडल र प्रमाणपत्रमा चित्र बुझाउँनु परेको छ ।

Advertisement

खेलको म्यान अफ दी म्याच जनकराज सुनुवार र वेस्ट डिफेन्डर खैराङ्ग फुटवल क्लवका सब्बु राई घोषित भएका छन ।त्यस्तै प्रतियोगिताको वेस्ट प्लेयर कोट फुटवल क्लवका कृष्ण राई घोषित भए ।

हाई स्कोरर खैराङ्ग फुटवल क्लवका जनक राज सुनुवार, वेस्ट स्टाइकर कोट फुटवल क्लवका नगेन्द्र गिरी र वेस्ट किपर खैराङ्ग फुटवल क्लवका धिरज वस्नेत भएका छन् । प्रतियोगितामा उपाधीका लागि १३ टिम वीच प्रतिस्प्रधा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!