काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज तय भएको नेपाल र केन्या वीचको खेल बर्षाका कारण प्रभावित भएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज बिहान ९ : ३० बजे खेल सुरु हुने तय गरिएको थियो । लगातार पानी परेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेको हो । तर, अहिले कीर्तिपुर मैदान क्षेत्रमा घाम लागेकाले खेल हुने आशा पलाएको छ ।

दुवै देशका खेलाडीहरु प्रतियोगितास्थल पुगेका छन् । झरीले बिथोलेको आजको खेलबारे आधिकारिक धारणा आउन बाकि छ ।

डब्लूसीएलसीमा नेपालका लागि केन्या अहिलेसम्मकै बलियो प्रतिस्पर्धी मानिएको छ । निर्धारित समयमा खेल सुरु हुन नसके पनि ओभर घटाएर खेलाउने प्रयास हुने अफिसियलहरूको भनाइ छ ।

विश्वकप छनोटको अर्को चरणमा प्रवेशका लागि दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । दुवै टिम जितका साथ आगामी चरणमा जाने सम्भावना बलियो बनाउन चाहन्छन् ।

यसअघि तीन पटक एकदिवसीय विश्वकपसमेत खेलिसकेको केन्या नेपालभन्दा अनुभवी टोली हो । डब्लूसीएलसी तालिकामा केन्या पाँचौं र नेपाल छैटौं स्थानमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!