Sangalo Khabar

धनकुटा, ३१ असार । धनकुटामा वक्सिङ्ग संघ गठन भएको छ । सर्वधन तामाङ्गको अध्यक्षतामा ९ सदस्यीय जिल्ला बक्सिङ्ग संघ गठन भएको हो ।

अथितिहरुसँग सामुहिक तस्वीर खिचाउँदै नव गठित समितिका पदाधिकारी तथा सदस्यहरु ।

नव गठित समितिको उपाध्यक्षमा किरण राई, सचिवमा पूर्णकुमार चौधरी र कोषाध्यक्षमा रिन्कु दास चयन भएका छन । त्यस्तैगरी रोजन श्रेष्ठ, चन्द्र लिम्बु, प्रविन तामाङ्ग, प्रमिला राई र रोशनी लिम्बु सदस्यमा चयन भएका छन ।

Advertisement
जिल्ला वक्सिङ्ग संघ धनकुटाका नव निर्वाचित अध्यक्ष तामाङ्ग ।

थप दुई सदस्य मनोनयन गरी ११ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरिने अध्यक्ष तामाङ्गले जानकारी दिए । उनका अनुसार धनकुटामा पहिलो पटक गठन भएको वक्सिङ्ग संघले अव चाडै जिल्लामा वक्सिङ्ग प्रतियोगिता सञ्चालन गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement