काठमाडौं । च्याम्पियन्स लिगको मेडल जित्ने सपना टुटेपछि बार्सिलोनाका नेयमारले आफूलाई सम्हाल्न सकेनन् र मैदानमै रोएका छन् ।

Advertisement

पहिलो लेगमा ३-० को हार व्यहोरेको बार्सिलोनाले घरेलु मैदानमा पुनरागमन गर्न चाहेको थियो । तर, युभेन्टसको असाधारण रक्षात्मक प्रदर्शनका अगाडि केही लागेन र समग्रमा ३-० को हार व्यहोर्दै बाहिरिएको छ ।

रेफ्रीले खेल सकिएको संकेत गरे लगतै नेयमार गहभरी आँसु पार्दै रोए । उनलाई टिममेटले मात्र होइन, विपक्षी टिमका खेलाडीहरुले पनि सहानुभूति दिए ।

तर, नेयमारको आँसु थामिएन । उनी बार्सिलोनाबाट युभेन्टस गएका ब्राजिलियन डिफेण्डर ड्यानी अल्भेसको काँधमा टाउको राखेर रोएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!