रबिन कटेल

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल केन्यासँग  पराजित भएको छ । वर्षाले प्रभावित खेलमा केन्याले डीएल मेथडका आधारमा ९४ रनको लक्ष्य पाएको थियो, जसलाई उसले २४ औं ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाउँदा पानीले रोकियो ।

Advertisement

डीएल मेथडका आधारमा केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पायो ।

वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाउँदा पानीले रोकियो ।

डीएल मेथडका आधारमा केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पायो । तर, उसले २१.२ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउँदा फेरि पानीले खेल रोकियो ।

त्यही अवस्थामा डीएल मेथडका आधारमा केन्या केही रनले जितिसकेको थियो । तर, नेपालले खेल जारी राख्न चाहेपछि केन्याले नयाँ लक्ष्य पायो, २६ ओभरमा ९४ रनको लक्ष्य ।

जसलाई उसले ११ बल बाँकी छादा ५ विकेट गुमाएर भेट्टायो । २५ औं ओभरको पहिलो बलमा कप्तान रकिप पटेलले छक्का हान्दै केन्यालाई जित दिलाए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement