दिबेश खड्का/संगालोखबर

सिधुवा (धनकुटा), २९ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्वर ६ का नव निर्वाचित वडाध्यक्ष दिलबहादुर थापाले सिधुवाको सिंहदेवी युथ क्लवलाई खेलकुद सामाग्री प्रदान गरेका छन ।

एक कार्यक्रमको आयोजना गरी चुनाव अघि गरेको वाचा बमोजिम वडाध्यक्ष थापाले क्लवलाई फुटबल, जर्सीसहित अन्य खेल सामाग्री प्रदान गरेका हुन ।

Advertisement

वडाअध्यक्ष थापाले २ थान फुटबल, एक÷एक सेट फुटबल जर्सी तथा अन्य सामाग्री प्रदान गरेको कार्यक्रम सञ्चालक निल बहादुर थापाले जानकारी दिए । उनका अनुसार करिव २५ हजार मुल्य बरावरको उक्त खेलकुद सामाग्री वडाध्यक्ष थापाले ब्यक्तिगत रुपमा क्लवलाई प्रदान गरेका हुन ।

वडा कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष थापाले क्लवका प्रतिनिधी विक्रम लिम्बुलाई खेल सामाग्री हस्तान्तरण गरेका थिए ।

खेलकुद सामाग्री हस्तान्तरण गर्दै नवनिर्वाचित थापाले चुनाव अघि गरेको वाचा पुरा गर्न पाउँदा खुशी लागेको भन्दै अव चुनावी घोषणा पत्र अनुसार सामाजिक, आर्थिक, पर्यटन र खेलकुद क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।

उनले यसैवर्षदेखि खेलकुद क्षेत्रको विकासका लागि सिधुवामा खेलमैदान निर्माणको पहल थाल्ने बताएका छन ।

कार्यक्रममा वडा सचिव भुपेन्द्र खत्रीले चुनाव अघि गरेको वाचा पुरा गर्नु प्रसंसनीय भएको भन्दै क्लवलाई प्रदान गरिएको खेलकुद सामाग्रीले स्थानीय खेलको विकासमा टेवा पुग्न विचार ब्यक्त गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!