काठमाडौँ। एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ । भारतस्थित मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा आज भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित भएको हो ।

Advertisement

खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिएको नेपालले मध्यान्तरपछि दुई गोल खान पुग्यो । खेलको ५९ औँ मिनेटमा भारतका सन्देश झिगनले पहिलो गोल गरे भने खेलको ७८ औँ मिनेटमा अर्का खेलाडी जेजेलाल पेखुलले एक गोल थपें ।

यता खेलको ६७ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जनले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो ।

भारतकै निमन्त्रणामा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्ध भएपछि भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!