कैलाली । पारस खड्काको बिष्फोटक पारीको सहयोगमा रुपन्देही च्यालेञ्जर्सलाई हराउँदै धनगढी टिम चौराहा धनगढी पि्रमियर लिगको प्ले अफमा छनौट भएको छ । चौराहाले कञ्चनपुर आइकोनिकलाई नेट रनरेटमा पछि पार्‍यो ।

Advertisement

क्वालिफायरमा छनौट हुन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य चौराहाले १४ ओभरभित्र पूरा गर्नुपर्ने थियो । त्यसमा कप्तान पारसको बिष्फोटक पारीको सहयोगमा चौराहाले ११ ओभरभित्रै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

पारसले २१ बलमा २ छक्का र ७ चौकाको सहयोगमा ४२ रन बनाए । एपेण्डिक्सको शल्याक्रियापछि क्रिजमा फर्किएका पारस लयमा आउन संघर््षरत थिए । जारी लिगमा उनको यो सर्बाधिक स्कोर हो । यसले उनी लयमा फर्किएको संकेत देखिएको छ ।

चौराहाका लागि राजु रिजाल र अमर रौतेलाले समान १३/१३ रन बनाए । अनिल मण्डलले ८ रन बनाउँदा पृथु बास्कोटा १५ र आरिफ शेख ४ रनमा अविजित रहे ।

यसअघि सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९१ रन जोडेको थियो । निक्कै खराव सुरुवात गरेको रुपन्देहीको स्कोर १६ रन हुँदा उसले सुरुवाती चार ब्याट्सम्यानलाई गुमाइसकेको थियो ।

४२ रन बनाउँदा ६ विकेट गुमाएको रुपन्देहीका लागि सातौं नम्बरका ब्याट्सम्यान प्रकाश केसीले इनिङ संहाल्दै ४९ रनको ठोष पारी खेले । उनले ३४ बलमा ३ छक्का र ४ चौका प्रहार गरे । रुपन्देहीका लागि अन्तिम थापाले ११ रन बनाए ।

चौराहाका ललित राजबंशीले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर ४ विकेट लिएपछि रुपन्देहीको इनिङ धर्मराएको थियो ।

चौराहाको जितसँगै धनगढी पि्रमियर लिगको क्वालिफायर समीकरण पूरा भएको छ । लिगको शीर्ष स्थानमा रुपन्देही च्यालेञ्जर्स, दोस्रो स्थानमा बिराटनगर किङ्स र तेस्रो स्थानमा काठमाडौं गोल्डेन्स छन् ।

बुधबार हुने क्वालिफयर चरणको खेलमा शीर्ष दुई स्थानमा रहेका रुपन्देही र बिराटनगरबीच प्रतिस्पर्धा हुनेछ । त्यस खेलको बिजेता फाइनलमा पुग्नेछ भने पराजित टोलीले काठमाडौं र चौराहाबीचको बिजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।-अनलाइनखवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!