काठमाडौं । सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई ३० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको हो । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि तीन लाख रुपैयाँसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिए ।

राई टेलिभिजन नेसनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । राई यतिबेला सोही पुरस्कार ग्रहणका लागि संयुक्त राज्य अमेरिकामा छिन् । भोजपुरकी राई किशोर उमेरमा सशस्त्र युद्धमा सामेल भएकी थिइन् । माओवादी सेनाकै ‘पिएलए स्पोर्टस क्लब’ देखि खेल जीवन सुरु गरेकी राईलाई अयोग्य लडाकु घोषणा गरिएको थियो ।

आर्थिक कारणले गर्दा मलेसिया जान राहदानीसमेत तयार पारेकी राईलाई बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक मल्लले आफ्नै खर्चमा खेल जीवनमा फर्काएका थिए । राई गत वर्ष फ्रान्समा सम्पन्न ८० किमी विश्व म्याराथनमा १७ वर्षअघिदेखिका विश्वविजेतालाई पछि पार्दै च्याम्पियन बनेकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!