पर्वत (फलेवास) । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ ।

Advertisement

पर्वत ब्याडमिन्टन सङ्घको पहलमा रु ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण भएको हो ।

यसअघि विभिन्न खुला चौरमा निर्माण गरिएका कोर्ट र पार्टी प्यालेसलगायतका स्थानमा खेल्दै आएका ब्याडमिन्टन खेलाडी अव भने कभर्डहलमा खेल्न पाउने भएका छन् । करिब ६ महिनामा उक्त कभर्डहलको निर्माण कार्य सम्पन्न भएको हो ।

कभर्डहल निर्माणका लागि ब्याडमिन्टन खेलाडीले रु पाँच हजारदेखि रु तीन लाखसम्म सहयोग प्रदान गरेका छन् ।

यसैगरी कभर्डहल निर्माणका लागि जिल्ला समन्वय समिति पर्वत, जिल्ला खेलकुद विकास समिति पर्वत, कुश्मा नगरपालिका कार्यालय पर्वत, कालीगण्डकी करिडोर प्रसारण लाइन शाखा पर्वतलगायतले संस्थागत सहयोग उपलब्ध गराएको छ भने सांसद अर्जुनप्रसाद जोशीले रु तीन लाख सहयोग प्रदान गर्नुभएको हो ।

कभर्डहल निर्माणका लागि व्यक्तिगत र संस्थागत गरी हालसम्म रु ४७ लाख सङ्कलन भएको र रु चार लाख अझै अपुग भएको सङ्घका कोषाध्यक्ष रविकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिकाअन्तर्गत गुप्तेश्वर बहुमुखी क्याम्पससँगै बनेको उक्त कभर्डहलबाट पर्वतमा नयाँ खेलाडी उत्पादन गर्ने सोच रहेको सङ्घका अध्यक्ष तथा कभर्डहल निर्माण समितिका अध्यक्ष प्रेम गुरुङले भन्नुभयो – “पहिला हामी भाडा तिरेर खेल्नुपर्ने अवस्था थियो, नयाँ खेलाडीलाई पनि समस्या हुन्थ्यो, अव हामी नयाँ खेलाडीलाई पनि ब्याडमिन्टन खेलप्रति आकर्षण गर्ने गरी खेल कार्यक्रम सञ्चालन गर्ने योजनामा छौँ”

कभर्डहल निर्माण सम्पन्न भएपछि राष्ट्रियस्तरको खेल सञ्चालन गर्नसक्ने क्षमता पर्वतले राखेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!