पोर्चुगल सरकारले आफ्नो देशको स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा अनावरण गरेको शालिक अहिले विश्वभरि छरिएर रहेका उनका समर्थकहरुका लागि हाँस्ने बाटो बनेको छ।

रोनाल्डोको जन्म भएको शहर माडेइरामा विहिबार उनको हाँसिरहेको शालिक अनावरण गरिएको थियो। शालिकको अनुहार उनीभन्दा पनि आयरल्यान्डका पूर्व कप्तान नियाल क्विननसँग मिल्न पुगेपछि अहिले सोशल मिडियामा ठट्टा गर्नेको बाढि नै आएको छ।

Advertisement

माडेइरा विमानस्थललाई रोनाल्डोको नाममा नामाकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा यो शालिक अनावरण गरिएको थियो। कार्यक्रममा पोर्चुगलका राष्ट्रपतिसमेत उपस्थित थिए।

शालिकको विश्वव्यापी आलोचना भएपछि ४० वर्षीय मूर्तीकार इमानुअल सान्तोषले रोनाल्डोलाई नै देखाएर मूर्ती तयार पारिएको प्रतिक्रिया दिए। उनले सुरुमा इन्टरनेटबाट रोनाल्डोको तस्बिर छानिएको र काम पुरा भएपछि रोनाल्डोको भाईमार्फत रोनाल्डोलाई शालिकको फोटो पठाएको बताए। उनले त्यतिबेला रोनाल्डोले आफूलाई अलिकति बुढो देखिएको र अनुहारमा देखिएको केही चाउरीपना हटाउन आग्रह गरेको उनले बताए।

मूर्तीकार इमानुअल लामो समय विमानस्थलका सरसफाई कर्मचारी भएको र उनी व्यवसायिकभन्दा पनि आफैले मूर्तीकला सिकेको बताइएको छ। (एजेन्सी)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!