काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ तपाईँलाई कि कसैले मोवाइल फाल्यो भन्दा। तर काठमाडौंको टुँडिखेलमा मोवाइल फ्याक्ने प्रतियोगिता भएको छ। सयौं सहभागीले आ-आफनो मोवाइललाई बलले भ्याएसम्म टाढा पुग्ने गरी फालेर प्रतियोगितामा सहभागिता जनाए ।

सबैभन्दा वढी फाल्न सक्ने प्रतियोगिलाई मोवाइल नै पुरस्कार दिने बन्दोवस्त रहेकाले उनीहरुले बलले भ्याएसम्म टाढा मोवाइल फालिदिएका हुन्। यसका लागि त्यहाँ केही नियम बनाइएको थियो। निश्चित रेखामा बसेर मोवाइल फाल्नुपर्ने व्यवस्था त्यहाँ गरिएको थियो । मोवाइल फाल्नुअघि फाल्ने व्यक्तिको नाम टिप्ने र फालेपछि उनले फालेको दुरी नाप्ने व्यवस्था मिलाइएको थियो। रोटरी क्लव अफ रुद्रमति काठमाडौले शनिबरा मोबाइल फाल्ने प्रतियोगिताको आयोजना गरेको हो।

Advertisement

रोट्याक क्वल अफ मनोहरा, रोट्याक क्लव अफ रुद्रमति बबरमहल, रोट्याक क्वल अफ रुद्रमतिले कार्यक्रमको सहआयोजना गरेको थियो ।कार्यक्रमका प्रायोजकका रुपमा रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अफ नार्गाजुन, रोटरी क्लब अफ स्वयम्भू, रोटरी क्वल अफ पोखरा, रोटरी क्लब अफ पर्वत, कलर्स मोवाइल, गोर्खा इको प्यानल रहेका थिए ।  आयोजक रोटरी क्लव अफ रुद्रमति काठमाडौंका अध्यक्ष मोहन कार्कीले मुगुको दुगर्म जिल्लाका महिलालाई सञ्चारसँग जोड्ने अभियानमा सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गरेको जनाए ।

कार्यक्रबाट फण्ड राइज (पैसा वटुली)गरी मुगुका महिलालाई सिमसहित मोवाइल सहयोगस्वरुप वितरण गरिने योजना रहेको उनले सुनाए । प्रतियोगितामा सहभागी हुनका लागि प्रतिव्यक्ति एउटा मोवाइल ल्याउनुपर्ने व्यवस्था गरिएको थियो । साथसाथै त्यहाँ रोटरीहरुका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ र रोटरीबाहेकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ प्रतिव्यक्ति सहभागिता शुल्क दिनुपर्ने व्यवस्था थियो।

त्यही सहभागिता शुल्कबाट उठेको रकमबाट मोवाइल खरिद गरी मुगुका महिलालाई वितरण गरिने योजना रहेको आयोजक संस्थाका अध्यक्ष कार्कीले जनाए। प्रतियोगीमध्येबाट पुरुषमध्येबाट एक जना र महिलामध्येबाट एक जनालाई कलर्स मोवाइल पुरस्कारस्वरुप वितरण गरिएको छ ।

प्रतिगितामा पुरुषमध्येमा सवैभन्दा वढी निरज भण्डारीले ६४ दशमलब एक र महिलामध्येबाट पुष्पा सुवेदीले २८ दशमलब ६ मिटर परसम्म मोवाइल फाल्न सफल भई पुरस्कृत भए। पुरस्कृतलाई आयोजक संस्थाका अध्यक्ष कार्कीले कलर्स ब्राण्डको पी ३२ मोडेलको एकएक वटा मोवाइल सेट पुरस्कारस्वरुप वितरण गरे। प्रतियोगितामा कुल महिला र पुरुष गरी एक सय ४९ प्रतिस्पर्धी प्रतिस्पर्धामा सहभागी भएका थिए।  यसअघि दुई वर्ष अगाडि पनि टुँडिखेलमै यस्तै प्रतियोगिता भएको आयोजकले जनाएको छ ।

तत्कालिन आयोजक रोटरी क्लव अफ रुद्रमति काठमाडौंका अध्यक्ष कृष्णराम देउपालाले त्यतिबेला मगुको हिटवडा गाविसका २५ जना महिलालाई सिमसहित नयाँ मोवाइल निशुल्क वितरण गरेको स्मरण गरे। उनका अनुसार यस्तो प्रतियोगिता भएको दक्षिण एसियामै दोश्रो हो ।  राष्यिय खेलकुद परिषदका उपाध्यक्ष टेन्डी शेर्पाले मोवाइल फयाकेर कार्यक्रमको उदघाटन गरेका थिए । सेतोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!