- संगालोखबर संवाददाता

सुनसरी । १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सिएमजी क्लव संकटा बिजयी भएको छ । धरानस्थित टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा भ्रमणकारी दुर्गापुरी स्टिल क्लब कोलकातालाई ३–२ ले हराउँदै संकटा बिजयी भएको हो ।

Advertisement

विश्व अधिकारीको पासमा संकटाका मार्टिन अजयले दोस्रो मिनेटमै गोलको खाता खोलेका थिए । १–० ले पछि परेको पाहुना टिम दुर्गापुरीले खेलको २४ औं मिनेटमा बराबरी गोल फर्कायो । आकाले सुसन हेमरोनको पासमा संकटाविरुद्ध गोल गर्दै खेल बराबरी गरेका थिए । पहिलोपल्ट धरान आएको कोलकाताको टिमले बराबरी गरेको १२ मिनेटपछि अर्को गोल सामना गर्यो ।

मार्टिनको पासमा अनिल गुरुङले गोल गर्दै संकटालाई २–१ ले अगाडि बढाए । कोलकताका सलाउद्दिन मिर्जाले ५५ औं मिनेटमा गरेको फ्रि–किक बारमा ठोक्किएर फर्किएको थियो । रिबाउन्ड बलमा मिर्जाले सशक्त प्रहार गर्दै गोल गर्न सफल भएपछि खेलमा २–२ को बराबरी भयो ।खेलको ७७ औं मिनेटमा संकटाका सुशील केसीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

म्यान अफ द म्याच घोषित हुँदै कोलकाताका शुभान्दु घोषले ५ हजार पुरस्कार पाएका छन । संकटाले अब फागुन ९ मा विभागीय टिम एपीएफ क्लबसँग खेल्नेछ । शुक्रबारको खेल गत वर्षको उपविजेता नेपाल पुलिस क्लब र आयोजक धरान फुटबल क्लब पहेँलोबीच हुने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!