आईपीएल : दिल्ली १४ रनले पराजित
काठमाडौँ, चैत १९ । आईपीएलको १३ औं खेलमा किंग्स इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ । पन्जाबले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रम दिल्लीको टीम १९.२ ओभरमा १५२ रनमा अल आउट हुन पुग्यो । पन्जाबको लागि साम करनले ह्याट्रिक विकेट लिए । उनले २.२ ओभरमा ११ रन मात्र दिएर कुल चार विकेट आफ्नो नाममा लेखाए ।
दिल्लीको लागि ब्याटिङका क्रममा पृथ्वी साव बिना रन आउट बने । त्यसपछि शिखर धावनल...

























