काठमाडौं । लोकेश राहुल र मयंक अग्रवालको अर्धशतकमा १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको २२ खेलमा किङ्‍स -११ पन्जाब विजयी भएको छ ।

Advertisement

चन्द्रीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा सोमबार राति भएको खेलमा पन्जाबले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो ।

हैदरावादले पन्जाबलाई १५१ रनको लक्ष्य दिएको थियो । पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो । पन्जाबका लागि राहुलले नट आउट १ छक्का र ७ चौकाको मद्दतमा ७१ रनको योगदान गरे भने अग्रवाल ५५ रनमा आउट भए ।

यस्तै क्रिस गेल १६ रनमा आउट हुँदा डेभिड मिल्लर १ रनमा पेभेलियन फर्किए । साम करण ५ रनमा अविजित रहे । हैदरावादका सन्दीप शर्माले २, रसिद खान र सिद्धार्थ कउलले समान एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।

हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विजय शंकरले २६ रन जोड्दा मनिस पाण्डेले १९ र दिपक हुडाले अविजित १४ रन बनाए ।

पन्जाबका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले एक-एक विकेट लिए ।

पन्जाबो चौंथो जित हो भने हैदरावादको तेस्रो हार हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!