- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा सञ्चालित अन्तर बिद्यालय खुल्ला क्रिकेट प्रतियोगितामा तमोर भ्याली बोडिङ्ग स्कुलको टिम बिजयी भएको छ । फाईनल खेलमा बालसंसार सेकेण्डरी बोडिङ्ग स्कुललाई ४१ रनले पराजित गर्दै तमोर भ्याली बिजयी बनेको हो ।

Advertisement

बिजयी तमोर भ्यालीले नगद ३ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पायो भने उप–बिजेता बालसंसारले २ हजारमा चित्त बुझायो । प्रतियोगितामा तमोर भ्यालीका बिज्ञान लुइँटेल उत्कृष्ट बलर र हिमशिखर लिम्बु उत्कृष्ट खेलाडी घोषित भए ।

चार दिनसम्म सञ्चालित प्रतियोगितामा ९ टिमवीच उपाधिका लागि प्रतिष्प्रर्धा भएको आयोजक प्याब्सनका बरिष्ठ उपाध्यक्ष दुर्गा लुइँटेलले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!