काठमाडौं । आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङमा १२ औं संस्करणको इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ ।

Advertisement

शुक्रबार राति बैंग्लोरको घरेलु मैदानमा टस जितेर फिलेडिङ रोजेको कोलकताले रोयल च्यालेन्जर्स बैंग्लरलाई ५ विकेटले पराजित गरेको हो ।

कप्तान बिराट कोहली र एबी डी भिलियर्सको अर्धशतकमा बैंग्लोरले कोलकत्तालाई २ सय ६ रनको लक्ष्य दिएको थियो । कोलकताले १९ ओभर १ बलमा ५ विकेटको क्षतिमा उक्त लक्ष्य भेटाउन सफल भएको हो ।

कोलकतालका जितका लागि आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरे । १३ बल खेलेका रसेलले ७ छक्का र १ चौकाको मद्दतमा सर्वाधिक ४८ रनको योगदान गरे । क्रिश लिनले ३१ बलमा ४ चौका र २ छक्काको मद्दतले ४३ रन बनाए भने नितिश रानाले ३७, रोविन उथप्पाले ३३, दिनेश कार्तिकले १९, सुनल नारइने १० र शुभमन गिलले ३ रन बनाए ।

बैंग्लोरका लागि पवन नेगी र नवदीप सैनीले समान २-२ विकेट लिए भने युजभेन्द्र चाहले १ विकेट लिए ।

यसअघि बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ५ रन जोडेको थियो । बैंग्लरका लागि ४९ बलको सामना गरेका कप्तान कोहलीले ९ चौका र २ छक्काको मदतमा ८४ रन बनाएका थिए ।

३२ बल खेलेका एबी डी भिलियर्सले ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाएका थिए । पार्थिब पटेलले २५ रन बनाए । मार्कुस स्टोनिसले अबिजित २८ रन बनाए ।

कोलकत्ताका लागि नितेश राना ,कुलदिप यादब र सुनिलले १–१ विकेट लिएका थिए ।

निरन्तर चार खेल हारेरे अंक तालिकाको पुछारमा रहेको बैंग्लोरले पाँचौ खेलमा पनि जित फर्काउन सकेन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!