- संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलबारीमा शनिबारबाट नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मोरङ जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री राईले विदेशी खेलाडीको सहभागितामा गरिएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । खेलकुदको माध्यमबाट देशलाई नै चिनाउँन सकिने भन्दै उनले प्रदेश सरकारले पनि खेलकुद क्षेत्रको बिकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

प्रतियोगितामा ६ देशका ५२ टिम आवद्ध ६ सय ५० खेलाडी सहभागि छन् । नेपालका सात वटै प्रदेशका खेलाडी सहभागि रहेको प्रतियोगितामा भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडी पनि उपाधिका लागि खेल्दैछन् । ८५ स्वर्ण, ८५ रजत र १७० कास्य पदकका लागि खेलाडीहरुवीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा शनिबार १ सय २० पदकको खेल भएको छ । ३० स्वर्ण, ३० रजत र ६० कास्य पदकका लागि खेल भएको बेलबारी नगर सितोरियो कराते संघका सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले जानकारी दिईन् ।

बिजेता खेलाडीहरुलाई मुख्यमन्त्री राई, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, कराते महासंघका पूर्व प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, आयोजक सस्थाका अध्यक्ष सञ्जय सुवेदी लगायतले पदक प्रदान गरेका छन् ।

अब आईतबार १ सय २० पदकका लागि खेल हुँनेछ । प्रतियोगिताको बिजेताले १ लाख, उप–बिजेताले ७५ हजार र तृृतियले ५० हजार नगद पुरस्कार पाउँने आयोजकले जनाएको छ ।

थप तस्वीरहरु…

तस्वीर : संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!