- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । काठमाडौमा हालै सम्पन्न १३ औं दक्षिण एसियाली (साफ) प्रतियोगितामा नेपाललाई पदक दिलाउन सफल धनकुटाका खेलाडीहरुलाई नगदसहित अभिनन्दन गरिने भएको छ ।

Advertisement

धनकुटा नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी धनकुटाका सुजल श्रेष्ठ र चित्र ठकुरीलाई नगदसहित अभिनन्दन गरिने जानकारी दिएको हो । सुजलले फुटबलमा स्वर्णपदक तथा चित्रले उसुमा कास्य पदक दिलाएका थिए ।

धनकुटा नगरपालिकामा मंगलबार बसेको सर्वपक्षीय बैठकले स्वर्ण पदक विजेता सुजल श्रेष्ठलाई १ लाख र चित्र ठकुरीलाई ५० हजारसहित अभिनन्दन गर्ने निर्णय गरेको नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतले जानकारी दिईन् ।

खेलाडी अभिनन्दन तथा सम्मान कार्यक्रम विहीबार हुँनेछ । कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित नगरपरिक्रमा गरेर तल्लो टुँडिखेलमा कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!