अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु
स्याङ्जा, २५ फागुन । वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु भएको छ ।
वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्वभरि परिचित गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी गराउनुभयो । आज बिहान वालिङ–९ सुर्काउदीमा नगरप्रमुख दिलीपप्र...





















