काठमाडौँ, चैत १९ । आईपीएलको १३ औं खेलमा किंग्स इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ । पन्जाबले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रम दिल्लीको टीम १९.२ ओभरमा १५२ रनमा अल आउट हुन पुग्यो । पन्जाबको लागि साम करनले ह्याट्रिक विकेट लिए । उनले २.२ ओभरमा ११ रन मात्र दिएर कुल चार विकेट आफ्नो नाममा लेखाए ।

दिल्लीको लागि ब्याटिङका क्रममा पृथ्वी साव बिना रन आउट बने । त्यसपछि शिखर धावनले ३० रन, श्रेयस एऐरले २८ रन, रिशव पन्तले ३९ रन, कोलिन इनग्रामले ३८ रन, हनुमा बिहारीले २ रन र आभेश खानले ४ रन बनाए । बाँकी खेलाडीहरु क्रिस मोरिस, हर्सल पटेल, कगीसो रबडा र सन्दिप लामिछानेले कुनै रन बनाउन सकेनन् । खेलमा दिल्लीको विकेट लिने क्रममा हर्सल पटेल, कगीसो रवडा र सन्दिप लामिछानेको विकेट लिएर IPL इतिहाँसमा सबैभन्दा युवा ह्याट्रिक प्लेयर बन्न सफल भए ।

यस अघि पन्जाबको लागि डेविड मिलरले ४२ र सरफराज खानले ३९ रन बनाए । दुवै जनाले चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे । मन्दीप सिंह २९ रन बनाएर नट आउट रहे । उनले आफ्नो पारीमा दुई चौका र एक छक्का प्रहार गरे । पन्जाबका स्याम करनले २०, लोकेश राहुलले १५, मयंक अग्रवालले ६, हार्डुस विलजोएनले १ , रविचंद्रन अश्विनले ३, मुरुगन अश्विनले १ र मोहम्मद शमीले एक बिना रन आउट भए । यसरी पन्जाबले दिल्लीसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दिल्लीको लागि क्रिस मरिसले ३, सन्दीप लामिछाने र कगिसो रबाडाले २/२ विकेट विकेट लिएका थिए ।

आजको खेलमा पन्जाबले क्रिस गेल र एन्ड्रयू टायलाई खेलमा आराम दिएको थियो । गेलको स्थानमा स्याम करन र टायको स्थानमा मुजीब उर रहमानलाई खेलाइयो । त्यस्तै, दिल्लीले टीममा एक मात्र बदलाव गर्यो, जसमा अमित मिश्रको स्थानमा आवेश खानलाई टीममा खेलाईएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!