काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १४ औं खेलमा राजस्थान रोयल्सद्‍वारा रोयल च्यालेन्जर्स बैंग्‍लोर ७ विकेटले पराजित भएको छ ।

जयपुर भइरहेको खेलमा बैंग्लोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले निर्धारित २० ओभर पुग्‍न १ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ५८ रन बनाएको थियो ।

राजस्थानको जितका लागि जोस बट्‍लरले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ८ चौका र १ छक्काको मद्दतले ५९ रन को योगदान गरे । त्यसैगरी स्टेभेन स्मिथले ३८, राहुल त्रिपाठी २८, अजिंक्य राहणेले २२ र बेन स्टोकले १ रन बनाए ।

बैंग्लोरका लागि युज्भेन्द्र चाहलले २ विकेट लिए भने मोहमद सिराजले एक विकेट लिए ।

पार्थिव पटेलको अर्धशतकको सहयोगमा बैंगलोरले राजस्थान रोयल्सलाई १ सय ५८ रन बनाएको थियो । बैंगलोरका लागि पार्थिव पटेले अर्धशतकीय पारी खेलेका थिए । ४१ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा ६७ रन बनाएका हुन् ।

त्यस्तै मर्कियुसले ३१ रन बनाउदा कप्तान विराट कोहोलीले २३ रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका लागि श्रेयस गोपालले सर्वाधिक तीन र जोफ्राले एक विकेट लिएका थिए ।

१२ औं संस्करणको आइपीएलमा बैंग्लोरले अहिलेसम्म कुनै पनि खेल जितेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!