- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा शनिवारबाट सुरु भएको १४ औं शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङको विन्ध्याबासिनी फुटबल क्लव बिजयी भएको छ ।

Advertisement

स्थानीय तल्लो टुडिखेलमा भएको खेलमा भारतीय रोयल एफसीलाई सडएण्डडेथमा ६–५ गोलले पराजित गर्दै विन्ध्याबासिनी सेमिफाईनल प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिम गोलरहित बरावरीमा रोकिएपछि खेल ट्राइबेकरमा धकेलियो । ट्राइबेकरमा पनि दुवै टिमवीच गोल बराबरी भएपछि सडएण्डडेथ मार्फत खेल टुंग्याईएको हो ।

विन्ध्याबासिनीको जितमा सुशील राई, डाडी, बिनोद के.सी., तिर्थ बस्नेत, एलेक्स र अशोक खवासले गोल गरे । यता रोयल क्लबका लागि क्रिस, सोनम भुटिया, प्रशान्त राई, आशीस देवान र रोलान्डले गोल गरेका थिए ।

बिजयी बिन्ध्याबासिनीका गोलरक्षक सूर्य अधिकारी खेलको म्यान अफ द म्याच घोषित भए । आईतबारको खेल आयोजक धनकुटा र बिर्तामोड यूनाईटेड क्लव झापावीच हुँने आयोजकले जनाएको छ ।

सात दिनसम्म चल्ने प्रतियोगिताको उपाधिका लागि ८ टिम भिड्दैछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!