काठमाडौं ।  कोपा अमेरिका कपमा रेफ्रीको निर्णयको विरोध गरेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेल प्रतिबन्ध र १५ सय अमेरिकी डलर जरिवानाको कारबाही गरिएको छ ।

Advertisement

दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले मेसीलाई उक्त कारबाही गर्ने निर्णय गरेको हो । कोपा अमेरिका कपको तेस्रो स्थानका लागि भएको खेलमा चिलीका खेलाडीसँग ठेलठाल भएको अवस्थामा रेफ्रीले रातो कार्ड दिएपछि मेसी रेफ्रीको विरुद्ध खनिएका थिए ।

कोपाको सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग पराजित भएको थियो । त्यस खेलमा रेफ्रीले ब्राजिलको समर्थन गरेको भन्दै मेसीले आक्रोश पोखेका थिए । यस कारबाही सँगै मेस्सीले २०२० को मार्चमा अर्जेन्टिनाले खेल्ने फिफा विश्वकप २०२२ को छनोट चरणको पहिलो खेल गुमाउने छन् । कोपाबाट बाहिरिएपछि केही निराश बनेका मेस्सी अहिले परिवारसँग रमिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!