काठमाडौँ, २० चैत । यही चैत २७ गतेदेखि मलेशियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एशिया छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिएको छ । चौध सदस्यीय नेपाली युवा टोलीमा कप्तान रोहितसहित चार खेलाडी भीम सार्की, पवन सर्राफ र सन्दीप जोरा छन् ।

त्यस्तै रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी, सूर्य तामाङ रहेको छन् । वैकल्पिक खेलाडीमा लोकेश बम, शेर मल्ल, आकास चन्द र रविकुमार साह छन् । त्यस्तै व्यवस्थापकमा रमन सिवाकोटी, मुख्य प्रशिक्षकमा विनोदकुमार दास र फिजियोमा विक्रम न्यौपाने रहेको प्रशिक्षक दासले जानकारी दिनुभयो ।

प्रतियोगिता खेल्न नेपाल आगामी शनिबार मलेशिया प्रस्थान गर्ने तालिका रहेको छ ।नेपालले छनोटको पहिलो खेलमा यही चैत ३० गते संयुक्त अबर इमिरेट्स (युएइ)सँग खेल्नेछ । दोस्रो खेलमा आगामी वैशाख २ गते मलेशियासँग, वैशाख ३ गते ओमनसँग र वैशाख ५ गते कुवेतसँग खेल्नेछ ।

प्रतियागितामा शीर्ष स्थानमा रहने टोली युवा विश्वकपमा छनोट हुनेछ । दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!