- संगालोखबर सम्वाददाता

धनकुटा। शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आईतबार भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक धनकुटाले लज्जास्पद हार बेहोरेको छ । धनकुटालाई घरेलु मैदानमा ७–० गोलले पराजित गर्दै झापाको बिर्तामोड यूनाईटेड क्लव सेमिफाईनल प्रवेश गरेको हो ।

Advertisement

राम्रो खेल प्रदर्शन गरेको भएपनि गोल गर्न नसक्दा धनकुटाले लज्जास्पद हार बेहोर्नुपरेको हो । अघिल्लो दिन बसन्तपुरमा भएको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा धनकुटा उपबिजेता बनेको थियो ।

खेलाडीले पर्याप्त आराम गर्न नपाई लगत्तै खेल्नु परेकाले धनकुटाले लज्जास्पद हार बेहोर्नुपरेको पूर्व प्रशिक्षक सुमन श्रेष्ठले संगालोखबरलाई बताए । ‘धनकुटाका मुख्य दुई जना खेलाडी पनि व्यक्तिगत कारणले जिल्ला बाहिर छन् । उनीहरु टिममा नहुनुु पनि लज्जास्पद हारको अर्को कारण हो ।’ उनले भने ।

विर्तामोडलाई जित दिलाउँन निष थापा, बिकेश लिम्बु, एन्जल गुरुङ र राजकुमार कन्दङ्वाले गोल गरे । खेलको म्यान अफ द म्याच बिर्तामोड यूनाईटेडका बिकेश लिम्बु घोषित भए ।

भोलीको खेल डउफिन फुटबल क्लव क्यामरुन र धरान फुटबल क्लववीच हुँने अयोजकले जनाएको छ । यसअघि हिजो भएको उद्घाटन खेलमा भारतको रोयल एफसीलाई पराजित गर्दै मोरङको बिन्ध्याबासिनी फुटबल क्लव सेमिफाईनल पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!