- संगालोखबर सम्वाददाता

धनकुटा। एपिएफ क्लव काठमाण्डौंले धनकुटामा सञ्चालित शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

Advertisement

तल्लो टुडिखेलमा आज भएको फाईनल खेलमा विदेशी क्यामरुनी क्लब दाफिन्सलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बलको विभागिय टिम (एपिएफ) ले उपाधीमाथी कब्जा जमाएको हो ।

निर्धारित समयमा दुवै टिमबाट २/२ गोलको बराबरी भएपछि खेल ट्राईबेकरबाट टुंग्याईएको हो ।

उपाधीसँगै एपिएफले नगद चार लाख पाएको छ भने उपबिजेता दाफिन्सले दुई लाखमा चित्त बुझाएको छ । सात दिनसम्म चलेको प्रतियोगितामा उपाधिका लागि ८ टिमवीच प्रतिष्प्रर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!