काठमाडौं । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्‍नई सुपर किङ्‍सले पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा अंक तालिकाको पुछारमा रहेको मुम्बइ इण्डियन्सले तीन खेल खेलेर अंक तालिकाको शीर्षस्थानमा रहेको चेन्‍नईलाई पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बइले घरेलु मैदानमा चेन्‍नईलाई १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । चेन्‍नईले निर्धारित २० ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय ३३ रनमात्र बनाउन सक्यो ।

चेन्‍नईका लागि केदार जाधवले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । जाधवले ५४ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५८ रनको योगदान गरेका थिए । चेन्‍नईका लागि सुरेश रैनाले १६ रन, महेन्द्र सिंह धोनी र शार्दुल ठाकुर १२, डेविन ब्राभोले ८, दिपक चाहरले ७, शेन वाट्‍सन ५, रभिन्द्र जडेजा १ रन बनाएका थिए ।

मुम्बईका लागि लसिथ मलिंगा र हार्दिक पाण्डेयले समान तीन विकेट लिए भने र जेसोन बेहेरनडोर्फले २ विकेट लिए ।

त्यसअघि मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवको अर्धशतकीय पारी खेलेका थिए । यादवले अर्धशतकीय पारी खेले । ४३ बलको सामना गरेका उनले ८ चौका र १ छक्काको मद्दतमा ५९ रन बनाए ।

३२ बल खेलेका क्रुनल पाण्डे्यले ५ चौका र १ छक्काको मद्दतमा ४२ रन बनाए । कप्तान रोहित शर्मा १४ रनमा पभेलियन फर्किँदा युवराज सिंह र ओपनर डिकक ४ रनमा आउट भए। हार्दिक पाण्डे र पोलार्डले क्रमश: अविजित २५ र १७ रन बनाएका थिए ।

चेन्‍नईका ब्राभो, ताहिर, जडेजा, मोहित शर्मा, दिपक चहारले समान १-१ विकेट लिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!